कांग्रेसले अब भाषण होइन, ऐतिहासिक निर्णय गर्नुपर्छ : आङ्देम्बे

हिमाल प्रेस ७ साउन २०८३ १५:५७ | Thursday, July 23, 2026
6
SHARES
कांग्रेसले अब भाषण होइन, ऐतिहासिक निर्णय गर्नुपर्छ : आङ्देम्बे

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान परिस्थितिले कांग्रेसलाई भाषणमा सीमित नभई ऐतिहासिक निर्णय गर्ने जिम्मेवारी दिएको बताएका छन्।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा एउटा नेताको भाषण सुनेर लामो समयसम्म उत्साहित हुने अवस्था रहे पनि अहिले त्यस्तो समय नरहेको बताए।

‘अहिलेको समयले हामीसँग एउटा भाषण मात्रै मागेको छैन। त्यस्तो समय पनि थियो, एक व्यक्तिले भाषण गरेपछि त्यसमै स्वाद मानेर महिनौं बिताउने हामी पनि हौं,’ आङ्देम्बेले भने, ‘तर अहिलेको समयले कांग्रेसलाई एउटा भाषणका लागि होइन, गम्भीरतापूर्वक ऐतिहासिक निर्णय गर्न आग्रह गरिरहेको छ। यो कुरा हामीले बुझ्नुपर्छ।’

उनले जीवन्त राजनीतिक दलमा छलफल, बहस र वादप्रतिवाद स्वाभाविक हुने उल्लेख गर्दै विवादले नकारात्मक रूप लिए पार्टी कमजोर बन्ने चेतावनी दिए।

‘जब विवाद आक्रोशित ध्यानमा रूपान्तरण हुँदै जान्छ, त्यतिबेला झांगिएको विवादले पार्टी जीवनलाई समाप्त पार्दै लैजान्छ। यसले पार्टीलाई शिथिल बनाउँछ र शिथिल पार्टीले उन्नत निष्कर्ष दिन सक्दैन,’उनले भने।

आङ्देम्बेले इतिहासले अहिले कांग्रेसका नेता तथा कार्यकर्तालाई सचेत गराइरहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताए।

‘इतिहासले हामीलाई सम्झाइरहेको छ, खबरदारी गरिरहेको छ। इतिहासको खबरदारी भनेको सचेत गराएको हो,’ उनले भने,‘कांग्रेसले त्यो खबरदारी र चेतलाई महसुस गर्नुपर्छ। त्यसैले नवीन परिस्थितिअनुसार नवीन संकल्प गर्दै मोफसलसम्म पार्टीका संरचनालाई सक्रिय बनाउने शंखघोष गर्नुपर्ने बेला आएको छ।’

प्रकाशित: ७ साउन २०८३ १५:५७ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast