काठमाडौँ – ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला भएको छ।
बुधबार आयोजक रिबन इन्टरटेनमेन्टले ललितपुरमा पत्रकार सम्मेलन गर्दै मिसेस नेपाल वल्र्ड २०२६ का लागि विधिवत् रूपमा आवेदन फारम खुला भएको जनाएको हो।
पहिलो चरणको अडिसन साउन २३ गते हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने भएको छ।
ग्रान्ड फिनाले कार्तिक १४ गते आयोजना हुने रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाले जानकारी दिए। प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको मापदण्ड नरहेको र विवाहितमात्र नभई सम्बन्धविच्छेद तथा एकल महिलाले पनि आवेदन दिन सक्ने उनले बताए।
आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने उनले जानकारी दिए।
प्रकाशित: ६ साउन २०८३ १७:०६ | Wednesday, July 22, 2026
प्रतिक्रिया

