कांग्रेस विभाजनको अवस्थामा पुग्यो भने जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ : शशांक कोइराला

हिमाल प्रेस ६ साउन २०८३ १६:५६ | Wednesday, July 22, 2026
6
SHARES
कांग्रेस विभाजनको अवस्थामा पुग्यो भने जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्ने बताएका छन्। विभाजनको जिम्मेवारी गगन थापाले लिनुपर्ने उनको भनाइ छ।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

‘पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ’, कोइरालाले भने।

उनले अहिले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताउँदै बीपी कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आज कांग्रेसले राख्न सक्नुपर्ने उल्लेख गरे।

प्रकाशित: ६ साउन २०८३ १६:५६ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast