नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ : प्रचण्ड

हिमाल प्रेस ५ साउन २०८३ २१:३८ | Tuesday, July 21, 2026
14
SHARES
नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।

जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टी र नेकपा (एमाले) सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे।

तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै प्रचण्ले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए।

नेकपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका उनले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे।

नेकपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ५ साउन २०८३ २१:३८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast