बहराइन र कुवेतमा अमेरिकी सेनाविरुद्ध गर्‍यो ठूलो आक्रमण

हिमाल प्रेस ५ साउन २०८३ ७:०४ | Tuesday, July 21, 2026
8
SHARES
बहराइन र कुवेतमा अमेरिकी सेनाविरुद्ध गर्‍यो ठूलो आक्रमण

काठमाडौँ- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सेनाविरुद्ध ठुलो मात्रामा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले सोमबार विज्ञप्तिमा भनेको छ, ‘हाम्रो नौसेनाले अपरेसन नस्र २ को २३औँ लहरअन्तर्गत तीन चरणमा अमेरिकी सेनालाई भारी क्षति गराइएको छ।’

आक्रमण बहराइनको अल-सखिर हवाई अड्डामा अमेरिकी एकाइका लागि ड्रोन मर्मत केन्द्रलाई निसाना बनाइएको बताइएको छ। साथै बहराइनको सलमान बन्दरगाह र कुवेतको आरिफजान बेसमा टीएफ५९ जहाज तयारी सुविधामा पनि हमला गरिएको दाबी गरिएको छ।

यसैबिच अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले लगातार नवौँ रात इरानमा आक्रमण गरिएको भन्दै तस्बिर जारी गरेको छ। आक्रमण इरानका सैन्य कमान्ड केन्द्र, वायु रक्षा र तटीय निगरानी आधारमा गरिएको दाबी गरिएको छ। इरानले पनि उर्मिया, तब्रिज र बुसेहरमा आक्रमण गरिएको पुष्टि गरेको छ। रिपोर्टअनुसार तब्रिजमा एक व्यक्तिको मृत्यु भएको छ भने उर्मिया र तब्रिजमा धेरै जना घाइते भएका छन्।

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकाले युद्ध रोक्ने कुरा गर्दा पनि यस क्षेत्रमा निरन्तर सैन्य उपकरण र हतियार पठाइरहेको छ।’

गालिबाफले अगाडि लेखेका छन्, ‘इरानले अमेरिकी रणनीतिलाई पूर्ण रूपमा बुझेको छ र तदनुसार तयारी गरेको छ।’

 

प्रकाशित: ५ साउन २०८३ ७:०४ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast