दुर्घटनापछि‍ सामान्य बन्दै नारायणगढ–मुग्लिन सडकको अवस्था, खुल्यो अवरुद्ध

हिमाल प्रेस ३ साउन २०८३ ८:४९ | Sunday, July 19, 2026
8
SHARES
दुर्घटनापछि‍ सामान्य बन्दै नारायणगढ–मुग्लिन सडकको अवस्था, खुल्यो अवरुद्ध

चितवन- चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन्।प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएका थिए । दुर्घटनामा करिब २५ जना यात्रु घाइते भएका छन् ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलाइएको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन पालना नगर्दा दुर्घटना तथा जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले लेन अनुशासनमा रही सीमित गतिमा सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

 

 

प्रकाशित: ३ साउन २०८३ ८:४९ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast