नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो

हिमाल प्रेस १ साउन २०८३ १५:३६ | Friday, July 17, 2026
6
SHARES
नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अंकले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अंकले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अंकले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ।

साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ। आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो। त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन्।

त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइनान्स आरबीबीलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: १ साउन २०८३ १५:३६ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast