प्रियंका-दुर्गेशको द्विअर्थी गीतविरुद्ध उजुरी दिँदै शिक्षक रमेशबाबु भट्टराई

हिमाल प्रेस १ साउन २०८३ १३:०५ | Friday, July 17, 2026
46
SHARES
प्रियंका-दुर्गेशको द्विअर्थी गीतविरुद्ध उजुरी दिँदै शिक्षक रमेशबाबु भट्टराई

काठमाडौँ- नेपाली फिल्म ‘मास्टर्नी’ को प्रोमोशनल गीतलाई लिएर विवाद चर्किरहेका बेला शिक्षक रमेशबाबु भट्टराईले सम्बन्धित निकायमा उजुरी दिँदैछन्।

भट्टराईले सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै फिल्म ‘मास्टर्नी’ अन्तर्गत सार्वजनिक गरिएको ‘ताराबाजी लै लै’ गीतले शिक्षक समुदायको गरिमा र शिक्षण पेसाप्रति नकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आपत्तिजनक दृश्य तथा शब्दावली तत्काल सच्याई प्रदर्शनमा रोक लगाउन माग गरेका छन्।

उनले सचिवलाई ध्यानाकर्षणपत्र बुझाएपछि फिल्म विकास बोर्ड, चाबहिल पुगेर पनि औपचारिक रूपमा उजुरी दिने बताएका छन्।

यसअघि नेपाल शिक्षक महासंघले पनि फिल्म ‘मास्टर्नी’ को प्रोमोशनल सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक सामग्री तत्काल सच्याउन तथा आपत्तिजनक अंश हटाउन माग गरेको थियो।

महासंघले उक्त सामग्री यथावत् प्रसारण वा प्रदर्शन गरिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी फिल्म निर्माता र सम्बन्धित कलाकारहरूले लिनुपर्ने चेतावनीसमेत दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शिक्षक समुदायको सम्मानमा आँच पुग्ने कुनै पनि सामग्री स्वीकार्य नहुने भन्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

शिक्षक पेसाको गरिमा कायम राख्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने महासंघको भनाइ छ।

प्रकाशित: १ साउन २०८३ १३:०५ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast