काठमाडौँ- कालीमाटी बजारमा आज केही फलफूल तथा मसलाजन्य कृषिउपजको थोक मूल्य बढेको छ।
अदुवा प्रतिकिलो रु २०० बाट २३० पुगेको छ। आँप (मालदह) १५० बाट १६० र आँप (दशहरी) १६० बाट १७० रुपैयाँ पुगेका छन्। नरिवल (काँचो) ७० बाट ८० रुपैयाँ पुगेको छ।
त्यसैगरी लसुन सुकेको (नेपाली) १८० बाट २०० रुपैयाँ पुगेको छ। अन्य प्रमुख फलफूलमध्ये स्याउ, केरा, अनार, जुनार र तरबुजाको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ।
प्रकाशित: १ साउन २०८३ ९:२९ | Friday, July 17, 2026
प्रतिक्रिया

