काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जन ३०० रुपैयाँ, मालभोग केरा दर्जन २०० रुपैयाँ, कागती प्रतिकिलो १८० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ तथा मालदह र दशहरी आँप प्रतिकिलो २०० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै हरियो तरबुजा प्रतिकिलो ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय नास्पाती प्रतिकिलो ८० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ तोकिएको छ।
यसैगरी लप्सी प्रतिकिलो ६० रुपैयाँ, आभोकाडो ८०० रुपैयाँ, अमला २८० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ, हरियो नरिवल १७० रुपैयाँ तथा नेपाली ड्रागन फ्रुट प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।


