व्यानर प्रदर्शनले विवादमा अर्जेन्टियन खेलाडी, फिफाको कारबाहीमा पर्ने सम्भावना

हिमाल प्रेस ३२ असार २०८३ ९:५० | Thursday, July 16, 2026
4
SHARES
व्यानर प्रदर्शनले विवादमा अर्जेन्टियन खेलाडी, फिफाको कारबाहीमा पर्ने सम्भावना

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा गएराति इङ्‌ग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिनाको फुटबल टोली विवादमा परेको छ। बीबीसीका अनुसार जितपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा ब्यानर प्रदर्शन गरेका थिए, जसलाई फिफाको नियम उल्लंघन भनिएको छ।

खेलपछि खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो, ‘माल्भिनास /जसलाई फकल्यान्ड द्वीप भनेर पनि चिनिन्छ अर्जेन्टिनाको हो।’

जसलाई राजनीतिक अभिव्यक्तिका रूपमा हेरिएको छ। दक्षिण एट्लान्टिक महासागरमा अवस्थित फकल्यान्ड द्वीप बेलायतको अधीनमा छ भने यसमा अर्जेन्टिनाले दाबी गर्छ र माल्भिनास भनेर सम्बोधन गर्छ। यो विवादले १९८२ मा दुई देशबिच युद्धसमेत भएको थियो।

अन्तर्राष्ट्रिय फुटबल संगठन फिफा र अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) को नियम अनुसार खेल मैदानमा कुनै पनि राजनीतिक नारा, कथन वा प्रतीक प्रदर्शन गर्न पाइँदैन।

यस्तो अवस्थामा यो विवादास्पद ब्यानर प्रदर्शन गरेकामा अर्जेन्टिना फुटबल टोलीलाई फिफाद्वारा अनुशासनात्मक कारबाही वा जरिवाना लगाउने सम्भावना छ।

प्रकाशित: ३२ असार २०८३ ९:५० | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast