झन्डै ११० किलो गाँजासहित मकवानपुरबाट २ पक्राउ

हिमाल प्रेस ३१ असार २०८३ ८:५६ | Wednesday, July 15, 2026
6
SHARES
झन्डै ११० किलो गाँजासहित मकवानपुरबाट २ पक्राउ

काठमाडौँ- मकवानपुरको मनहरि गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ३१ असार २०८३ ८:५६ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast