आज पनि घट्यो सुनको भाउ, कतिमा झर्यो मूल्य?

हिमाल प्रेस ३० असार २०८३ ११:१० | Tuesday, July 14, 2026
18
SHARES
आज पनि घट्यो सुनको भाउ, कतिमा झर्यो मूल्य?

काठमाडौँ–  नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रकाशित: ३० असार २०८३ ११:१० | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast