काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
प्रकाशित: ३० असार २०८३ ११:१० | Tuesday, July 14, 2026
प्रतिक्रिया



