सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति (सहमतिसहित)

हिमाल प्रेस २८ असार २०८३ १८:२८ | Sunday, July 12, 2026
30
SHARES
सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति (सहमतिसहित)

काठमाडौँ- आत्मदाह गरेका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार दुवै पक्षबीच भएको वार्तामा सहमति जुटेको हो। सहमति भएसँगै पीडित परिवारले नेपालीको शव बुझ्ने भएका छन्।

सहमतिपत्रमा पहिलो पक्ष नेपाल सरकार तथा स्थानीय तह र दोस्रो पक्ष पीडित परिवार ताथा वार्ता समितिलाई भनिएको छ।

सहमतिपत्रमा पहिलो पक्षको तर्फबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हस्ताक्षर छ।

त्यस्तै दोस्रो पक्षको तफृबाट मृतक नेपालीकी श्रीमती एकमाया नेपालीसहित ११ जनाले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समिति गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष सात दिनभित्र प्रतिवेदन पेस गरिने सहमतिपत्रमा उल्लेख छ।

त्यस्तै नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

घटना घटेको दिन घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिसबमोजिम जाने गरी हाललाई निलम्बन गर्ने दुवै पक्षबीच सहमति भएको छ।

यस्तो छ सहमति

प्रकाशित: २८ असार २०८३ १८:२८ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast