आत्मदाहको प्रयास गरेका राउतको निधन

हिमाल प्रेस २७ असार २०८३ १८:४१ | Saturday, July 11, 2026
14
SHARES
आत्मदाहको प्रयास गरेका राउतको निधन प्रतीकात्मक तस्बिर।

काठमाडौँ – बुद्धनगरका ४५ वर्षीय अश्विन राउतको जलबाट मृत्यु भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

‘हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन। उनको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,’ लामिछानेले भने।

प्रकाशित: २७ असार २०८३ १८:४१ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast