सरकारविरूद्ध सुकुम्बासीको प्रदर्शन

हिमाल प्रेस २८ असार २०८३ १५:४८ | Sunday, July 12, 2026
सरकारविरूद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौँ- सुकुम्बासीले सरकारविरूद्ध काठमाडौँमा प्रदर्शन गरेको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाइमा आइतबार उनीहरूले मातीघरमा प्रदर्शन गरेका हुन्।

उचित व्यवस्थापन नगरी सरकारले होल्डिङ सेन्टर खाली गर्न दबाब दिँदै खाना र पानी बन्द गरेको उनीहरूको आरोप छ।

उचित व्यवस्थापनविना सुकुम्बासी बस्ती भत्काएर सरकारले आफूहरूको उठीबास लगाएको उनीहरूले बताएका छन्।

खोली किनारमा रहेका बस्तीमाथि डोजर चलाएर सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो। चौतर्फी विरोध भएपछि सरकारले खाना दिन थालेकोमा शनिबार कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि उनीहरू समस्यामा परेका छन्।

सुकुम्बासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगेका तीन जना जेनजी अभियन्तालाई प्रहरीले पक्राउसमेत गरेको थियो। दुई जना रिहा भए पनि प्रहरीको कुटपिटबाट घाइते भएका युवा माजिद अन्सारीको त्रिवि शिक्षण अस्पतालमा उपचार चलिरहेको छ।

सुकुम्बासीको अवस्था बुझ्न गएका अभियन्ताहरू पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast