काठमाडौँ- धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठ जना घाइते भएका छन्।
धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा बर्दिवासतर्फ आउँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी र बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच तथा उपमेयर सवार गाडीका तीन गरी आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि जानकारी मेडिकल कलेज रमदैया धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।
प्रकाशित: २७ असार २०८३ १५:४५ | Saturday, July 11, 2026
प्रतिक्रिया



