काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन्।
उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकारको असफलता हो? भन्दै प्रश्न गरे। त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्यतथ्य पत्ता लगाउँदै सरकार जवाफदेही बन्न माग गरे।
उनले लुम्बिनी प्रदेशका कुल १५ जना नेपाली नागरिक कम्बोडियामा हिरासतमा रहेको भन्दै उनीहरुको वास्तविक अवस्थाको जानकारी लिन र छिटोभन्दा छिटो उद्धार गर्न माग गरे।
प्रकाशित: २६ असार २०८३ १५:०८ | Friday, July 10, 2026
प्रतिक्रिया



