नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घट्यो

हिमाल प्रेस २४ असार २०८३ १७:४० | Wednesday, July 8, 2026
6
SHARES
नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अंकले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अंकले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ।

त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अंकले घटेर १७९ दशमलव ८९ मा पुगेको छ।सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अंकले घटेर १५४ दशमलव ५८ मा पुगेको छ।

आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो। आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो।

नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २४ असार २०८३ १७:४० | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast