जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले गए राति विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।
प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको थेबेले बताए।
सप्तरीका अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ का रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान उपमहानगरपालिका–६ का मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ का धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का रोहित मेहता र धरान उपमहानगरपालिका–११ का विनोद भट्टराई रहेका छन्।
गत २२ गते झापाको दमक नगरपालिका–१ कुमाल चोकका प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ दीपकरामलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
यही असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई निर्देशन दिएका थिए।




