महँगी भत्ताको माग लिएर महानगर पुगेका ईसीडी शिक्षकलाई शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायको हप्कीदप्की

हिमाल प्रेस २४ असार २०८३ १२:५२ | Wednesday, July 8, 2026
1.0k
SHARES
महँगी भत्ताको माग लिएर महानगर पुगेका ईसीडी शिक्षकलाई शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायको हप्कीदप्की

काठमाडौँ- ललितपुर महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)ले महँगी भत्ताको माग लिएर महानगर पुगेका बेला शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायबाट हप्कीदप्की खेप्नुपरेको छ।

एक ईसीडी शिक्षकले बुधबार हिमालप्रेससँग कुरा गर्दै मंगलबार ४ : ४५ बजे आफूहरू महँगी भत्ताको विषयमा पहल गरिदिन आग्रह गर्न महानगरको शिक्षा निर्देशनालय पुगेको तर शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायले माग सुन्नुको सट्टा हप्काएर फर्काइएको बताइन्।

ती शिक्षकका अनुसार निर्देशक उपाध्यायले विद्यालय कर्मचारी र ईसीडी शिक्षकको मागप्रति बेवास्ता गरे। उनले भनिन्,’महँगी भत्ताको विषय लिएर १०-१५ जना ईसीडी शिक्षक महानगरपालिका गएका थियौं। हामीलाई पनि महँगी भत्ता चाहिन्छ। विद्यालय कर्मचारी, ईसीडी शिक्षकलाई नदेख्ने के हो? भन्यौं। ‘तिमीहरूको माग केही पनि पूरा गर्न सक्दिनँ। उपमेयरकहाँ गएर यस्तो भन्ने उस्तो भन्ने भन्नुभयो निर्देशक देवीप्रसाद उपाध्यायले। तपाईँहरू जागिर छाडेर गए अर्को १५ हजार जना आउँछन्। हामीले पनि तपाईँ (निर्देशक देवीप्रसाद उपाध्याय) पहिला जागिर छाड्नु अनि हामी छाड्छौं भन्यौं। महानगरभित्रका ४० विद्यालयका शिक्षक कसैलाई पनि उहाँले बोल्न दिनुहुँदैन। प्रधानाध्यापकहरूलाई त बोल्न दिनुहुँदैन, हामी ईसीडी शिक्षकलाई थर्काउँला भन्नुभएको थियो होला। महँगी भत्ताको पहल गरिदिन जाँदा उल्टै हप्काएर पठाउनुभयो।’

ईसीडी शिक्षकहरूले लामो समयदेखि महँगी भत्तालगायत सेवासुविधाको माग गर्दै आए पनि महानगरले सुनुवाइ नगरेको बताएका छन्। उनीहरूले आफूहरूको मागप्रति समान व्यवहार गर्दै सम्बोधन गर्न महानगर नेतृत्वसँग आग्रह गरेका छन्।

प्रकाशित: २४ असार २०८३ १२:५२ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast