ब्याजदर थप घट्न नदिने राष्ट्र बैंकको नीति

हिमाल प्रेस २३ असार २०८३ १६:४५ | Tuesday, July 7, 2026
10
SHARES
ब्याजदर थप घट्न नदिने राष्ट्र बैंकको नीति

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निक्षेपको ब्याजदर थप घट्न नदिने नीति लिएको छ।

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्‍वनाथ पौडेलले बजारमा विद्यमान अधिक तरलताका कारण ब्याजदरमा थप गिरावट आउने सम्भावना रहे पनि राष्ट्र बैंकले आवश्यक हस्तक्षेपमार्फत त्यसलाई रोक्ने बताए।

उनका अनुसार बजारमा रहेको अतिरिक्त तरलता राष्ट्र बैंकले आफ्नै खर्चमा प्रशोचन (स्टेरिलाइजेसन) गरी ब्याजदरलाई थप घट्न नदिने व्यवस्था गरिनेछ।

हाल राष्ट्र बैंकले औसत २.७५ प्रतिशत ब्याजदरमा बजारबाट तरलता प्रशोचन गर्दै आएको छ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई प्रदान गर्ने औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत रहेको छ।

गभर्नर पौडेलले वर्तमान आर्थिक अवस्थाले ब्याजदरमा थप दबाब पर्न सक्ने संकेत गरे पनि निक्षेपकर्ताको हितलाई ध्यानमा राख्दै ब्याजदरलाई हालको स्तरभन्दा तल जान नदिने बताए।

प्रकाशित: २३ असार २०८३ १६:४५ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast