कहाँ कहाँ पर्छ पानी?

हिमाल प्रेस २२ असार २०८३ ६:१३ | Monday, July 6, 2026
14
SHARES
कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

सोमबार देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने देखिन्छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली हुनेछ।

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २२ असार २०८३ ६:१३ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast