एनपीएल तेस्रो संस्करण : सोमबार खेलाडीहरूको ‘अक्सन’

हिमाल प्रेस २१ असार २०८३ २०:३० | Sunday, July 5, 2026
10
SHARES
एनपीएल तेस्रो संस्करण : सोमबार खेलाडीहरूको ‘अक्सन’

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि सोमबार खेलाडीहरूको ‘अक्सन’ हुने भएको छ।

एनपीएल तेस्रो संस्करणका लागि १५० भन्दा बढी खेलाडीहरूको ‘अक्सन’ हुन लागेको हो।

एनपीएलका अनुसार राष्ट्रिय टोलीका विकेटकिपर ओपनर आसिफ सेखसहित पाँच खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ। सेख यसअघि लगातार दुई सिजन जनकपुर बोल्ट्ससँग आवद्ध थिए।

सेखलाई तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सले रिलिज गरेको हो। यस श्रेणीमा अर्जुन घर्ती, विवेककुमार यादव, रुपेशकुमार सिंह र त्रितराज दास रहेका छन्।

यसबाहेक फ्रेन्चाइजीहरूले ‘बी’ श्रेणीका २७ र ‘सी’ श्रेणीका १२० भन्दा बढी खेलाडीहरूको समूहबाट खेलाडी छनोट गर्न पाउनेछन्।

विदेशी खेलाडीलाई भने ‘अक्सन’ को सूचीमा समावेश गरिएको छैन। फ्रेन्चाइज टोलीलाई उनीहरूसँग सिधै सम्झौता गरेर आवद्ध गर्ने अनुमति दिइएको छ।

एनपीएलका आठ टोलीमध्ये जनकपुर बोल्ट्ससँग सबैभन्दा बढी ६६.२ लाख रुपैयाँ बजेट रहेको छ। काठमाडौँ गोर्खाजसँग खर्च गन सबैभन्दा कम ३४ लाख रुपैयाँ बजेट रहेको छ।

त्यस्तै विराटनगर किंग्ससँग ५१.५ लाख, लुम्बिनी लायन्ससँग ४९.२ लाख, पोखरा एभेन्जर्ससँग ४५.५ लाख, सुदूरपश्चिम रोयल्ससँग ४२.५ लाख र कर्णाली याक्स तथा चितवन राइनोजसँग समान ४२–४२ लाख रुपैयाँ रहेको छ।

एनपीएल तेस्रो संस्करण सुरू हुने मिति तय हुन अझ बाँकी रहे पनि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सन् २०२६ को घरेलु खेलतालिकामा अक्टोबर–नोभेम्बरको समय छुट्याएको छ।

प्रकाशित: २१ असार २०८३ २०:३० | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast