प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा स्थगित

हिमाल प्रेस २१ असार २०८३ १४:३७ | Sunday, July 5, 2026
8
SHARES
प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा स्थगित

काठमाडौँ– लुम्बिनी प्रदेशसभाको बैठक  प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ ।

आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले ल्याएको गरेको बजेटप्रति असन्तुष्टि जनाए।

उनले बजेटले जनताको आवश्यकता सम्बोधन गर्न नसकेको टिप्पणी गर्दै बैठक बहिष्कार गर्ने जानकारी गराए। थारुको धारणापछि प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीमगरले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

प्रकाशित: २१ असार २०८३ १४:३७ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast