राष्ट्रियसभाबाट चार विधेयक स्वीकृत

हिमाल प्रेस २० असार २०८३ १७:३१ | Saturday, July 4, 2026
22
SHARES
राष्ट्रियसभाबाट चार विधेयक स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरु स्वीकृत गरेको छ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

त्यसैगरि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ। राष्ट्रियसभाको अर्को बैठक असार २२ गते बोलाइएको छ।

प्रकाशित: २० असार २०८३ १७:३१ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast