बालविकास शिक्षकले बुझाए भरतपुर महानगरलाई मागपत्र

हिमाल प्रेस १९ असार २०८३ १४:१६ | Friday, July 3, 2026
16
SHARES
बालविकास शिक्षकले बुझाए भरतपुर महानगरलाई मागपत्र

चितवन- प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकहरूले आफ्नो सेवासुविधा, हकहित तथा बजेट व्यवस्थापनका विषयमा भरतपुर महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार भरतपुर महानगरपालिका शिक्षा प्रशासन महाशाखाका प्रमुख तथा नगर शिक्षा अधिकारी सुवास आचार्यलाई भेटेर प्रारम्भिक बालविकास शिक्षकहरूको प्रतिनिधिमण्डलले सेवासुविधा वृद्धि, पेसागत हकहितको सुनिश्चितता तथा बालविकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको हो।

भरतपुर महानगरपालिका बालविकास शिक्षक समितिका अध्यक्ष अम्बिका गौतमको नेतृत्वमा गएको टोलीले बालविकास शिक्षकहरूले लामो समयदेखि न्यून सेवासुविधामा काम गर्नुपरेको उल्लेख गर्दै उनीहरूको भूमिका र योगदानअनुसार उचित बजेट तथा सुविधाको व्यवस्था गर्न आग्रह गरेको जनाएको छ।

प्रतिनिधिमण्डलले प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको मनोबल उच्च हुने गरी नीति तथा कार्यक्रम ल्याउन पनि महानगरपालिकासँग अनुरोध गरेको छ।

प्रकाशित: १९ असार २०८३ १४:१६ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast