काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन्।
अभियुक्त एक जना बेरोजगारबाट रु ९ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए।
निजविरुद्ध पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका-१६ बाट गत बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रकाशित: १९ असार २०८३ १३:२४ | Friday, July 3, 2026
प्रतिक्रिया




