काठमाडौँ- सुनचाँदीको मूल्य बिहीबार (असार १८) ह्वात्तै बढेको छ। गत सोमबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको हो। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कायम भएको छ।
बुधबार ६०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा झरेको थियो। मंगलबार ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्यमा तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा झरेको थियो। मंगलबार २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।




