- मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ। व्यापार तथा सेयर बजारमा सुझबुझका साथ लगानी गर्दा राम्रो आम्दानी गर्न सकिनेछ। नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ। पारिवारिक माहौलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ। परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ।
- वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहनेछैन। सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। मध्याह्नबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना रहेको छ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ।
- मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): बिहानको समय राम्रो रहेकोले पढाइलेखाइमा अरू दिनभन्दा सुधार भएर जाने तथा नतिजा आफ्नै पक्षमा ल्याउन सकिनेछ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। नयाँ ठाउँमा नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ। प्रेममा नजिक भई रमाउन सकिनेछ। मध्याह्नबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न।
- कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन्। विलासी तथा भौतिक वस्तुको प्रयोग गर्न पाइनेछ। व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट धन आर्जन हुने तथा व्यवसायकै सिलसिलामा यात्रा हुनेछ। प्रेमिल जोडीहरूका लागि समयले साथ दिनेछ। यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
- सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। वित्तीय बजारमा आज गरिने लगानी भविष्यका लागि आम्दानीको गतिलो स्रोत बन्नेछ। जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ। चलचित्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ। न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ। पारिवारिक सम्बन्ध सुदृढ तथा सहयोगात्मक रहनेछ।
- कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ। धैर्य धारण गरी काम गर्नाले कामहरू समयमा नै सम्पन्न हुनेछन्। नयाँ प्रविधिको प्रयोगमार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै विजयी भइनेछ। बैंक तथा वित्तीय क्षेत्रको लगानी अथवा त्यससँग सम्बन्धित कामहरूबाट सन्तुष्टि मिल्नेछ। बिहानको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ।
- तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): बिहानको समय राम्रो रहेकोले कृषि, पशुपालन जस्ता क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ। अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ। मध्याह्नबाट राज्यको संयन्त्रभित्र बसेर काम गर्नेहरूका लागि समय मध्यम रहेकोले आलोचना हुनसक्छ। मायाप्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घरपरिवारसँग टाढा हुने समय रहेको छ। घरजग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला।
- वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): प्रतिस्पर्धामा सहभागी हुनुपरे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ। पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ। लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेको छ। दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। वित्तीय बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ।
- धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। घरायसी व्यापारमा समय व्यतीत हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडि बढाउन सकिनेछ। प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ।
- मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): बिहानको समयमा लामो दूरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन्। विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ। मध्याह्नबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ। व्यापार वा सेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ। इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ।
- कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागि फाइदाजनक रहनेछ। प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ। मध्याह्नबाट पढाइलेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पार्न सकिनेछैन। काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला, दण्ड तथा जरिवाना हुन सक्छ। स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ।
- मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ। शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। अग्रज तथा बुवाबाट मार्गदर्शन प्राप्त हुनाले अग्रगामी छलाङ मार्न सकिनेछ। मायाप्रेमको बन्धन कसिलो भएर जानेछ। परिवारका इच्छा तथा आकाङ्क्षाहरू पूरा गर्न सकिने हुनाले मन खुसी रहनेछ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ।
तपाईँको दिन शुभ रहोस् !
प्रकाशित: १७ असार २०८३ ६:४० | Wednesday, July 1, 2026
प्रतिक्रिया




