२४ घण्टामा ट्राफिकले उठायो २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व

हिमाल प्रेस १६ असार २०८३ १०:२५ | Tuesday, June 30, 2026
6
SHARES
२४ घण्टामा ट्राफिकले उठायो २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व

काठमाडौँ- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जानकारी दिए।

यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरेको एसपी सुवेदीले बताए।

पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रूपमा कारबाही गर्दै आएको छ।

प्रकाशित: १६ असार २०८३ १०:२५ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast