नेप्सेमा पहिरो : एकै दिन १६.५४ अंकको भारी गिरावट

हिमाल प्रेस १५ असार २०८३ १६:५५ | Monday, June 29, 2026
16
SHARES
नेप्सेमा पहिरो : एकै दिन १६.५४ अंकको भारी गिरावट

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अंकले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ।

कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर रु दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ। आजको कारोबारपछि बजार पूँजीकरण रु ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ। यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन्।

यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: १५ असार २०८३ १६:५५ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast