किसानलाई करौडौँ अनुदान होइन मल,बीउ र उचित मूल्य दिनुपर्छ : शंकर पोखरेल

हिमाल प्रेस १५ असार २०८३ ११:३४ | Monday, June 29, 2026
18
SHARES
किसानलाई करौडौँ अनुदान होइन मल,बीउ र उचित मूल्य दिनुपर्छ : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेललाई किसानलाई सरकारले करौंडौं अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन्।  धान दिवशको अवशरमा शुभकामना सन्देश दिंदै महासचिव पोखरलले यस वर्ष अनियमित वर्षा र खेडरीको सम्भावना रहेकोले किसानलाई हुने ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

पोखरेलले कृषिमा २ करोड रुपैंया भन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ। ‘सरकारले कृषिमा २ करोड रुपैंयाभन्दा बढी लगानी गर्नेहरुका लागि आकर्षक अनुदानको घोषणा गरेको छ । व्यावशायिकता र आधुनिकिकरणका लागि यो कदम आफैंमा नराम्रो होइन’ पोखरेलले लेखेका छन् ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यती ठूलो लगानी गर्न सक्ने बनेको छ र?’

कृषि र किसानको प्रशंशा गर्दै महासचिव पोखरेलले भौतिक रुपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व नघटेको उनले प्रष्ट पारेका छन् । सरकारले यो वास्तविकतालाई स्विकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन् । ‘वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ ’ पोखरेलले लेख्छन् ‘मध्यम वर्ग आफैं पनि संघर्ष गरेर जीउन सक्ने तर अहोरात्र उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ।’

प्रकाशित: १५ असार २०८३ ११:३४ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast