पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

हिमाल प्रेस १३ असार २०८३ २१:२७ | Saturday, June 27, 2026
14
SHARES
पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम –  प्रहरीले जनकपुरधामबाट दुई युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो।

होटलमा दिउँसो खाना खान आएका दुई जना युवकसँग हतियार रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।

पक्राउ परेका दुवै जनाका साथबाट एक थान पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०८३ २१:२७ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast