म्याग्दीमा ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपांगतामैत्री विद्यालय भवन निर्माण

हिमाल प्रेस १३ असार २०८३ १३:०३ | Saturday, June 27, 2026
4
SHARES
म्याग्दीमा ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपांगतामैत्री विद्यालय भवन निर्माण

म्याग्दी- बेनी नगरपालिका-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ।

ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपांगतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले रु २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए।

उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले रु २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ।

पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो। नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ। प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १३ असार २०८३ १३:०३ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast