फुजी स्याउ प्रतिकिलो ३००, मालदह आँप ९० रुपैयाँ

हिमाल प्रेस १२ असार २०८३ ८:४७ | Friday, June 26, 2026
4
SHARES
फुजी स्याउ प्रतिकिलो ३००, मालदह आँप ९० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ कायम भएको छ भने नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँ तोकिएको छ।

यसैगरी, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ र दशहरी आँप १०० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो तरबुजा प्रतिकिलो ६० रुपैयाँ, जुनार २३० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।

नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची २०० रुपैयाँ तथा भारतीय लिची ३०० रुपैयाँ कायम गरिएको छ। यस्तै, काँचो नरिवल प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ तोकिएको छ।

प्रकाशित: १२ असार २०८३ ८:४७ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast