गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ

हिमाल प्रेस १० असार २०८३ २१:२९ | Wednesday, June 24, 2026
10
SHARES
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए।

पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको छ।

प्रकाशित: १० असार २०८३ २१:२९ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast