नेपाल प्रहरीले १५ दिनमै तलबभत्ता पाउने (पत्रसहित)

हिमाल प्रेस १० असार २०८३ १२:०६ | Wednesday, June 24, 2026
16
SHARES
नेपाल प्रहरीले १५ दिनमै तलबभत्ता पाउने (पत्रसहित)

काठमाडौँ- नेपाल प्रहरीको तलबभत्ता अब प्रत्येक महिनाको १५ दिनमा भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले जारी गरेको परिपत्रमा अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार आर्थिक वर्ष २०८३/८४ देखि राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता अर्धमासिक (आधा महिनाको) रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा आगामी आर्थिक वर्षदेखि प्रत्येक महिनाको १५ दिन बितेपछि तलबभत्ता भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाउन सबै बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई निर्देशन दिइएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार अद्यावधिक तथा व्यवस्थित गर्न परिपत्रमा अनुरोध गरिएको छ।

 

 

प्रकाशित: १० असार २०८३ १२:०६ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast