कार दुर्घटनामा ६ जना घाइते

हिमाल प्रेस ९ असार २०८३ १६:४४ | Tuesday, June 23, 2026
कार दुर्घटनामा ६ जना घाइते

काठमाडौँ- दोलखाको भीमेश्वर नगरपालिका ६ भूतपोखरीस्थित चरीकोट-कालिञ्चोक सडक खण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब २:३० बजेको समयमा कालिञ्चोक मन्दिरको दर्शन गरी चरीकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर खसेर दुर्घटना भएको हो।

दुर्घटनामा काठमाडौँ शंकरापुर नगरपालिका-२ बस्ने ६५ वर्षीय सन्त नासुर, सोही ठेगाना भएका ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।

सबै घाइतेहरूको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचार भइरहेको छ। कार चालक शंकरापुर नगरपालिका-३ बस्ने २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ

प्रकाशित: ९ असार २०८३ १६:४४ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast