नेप्से २६ अंकले घटेर २६७४ बिन्दुमा, कारोबार रकम पनि खुम्चियो

हिमाल प्रेस ९ असार २०८३ १६:३२ | Tuesday, June 23, 2026
6
SHARES
नेप्से २६ अंकले घटेर २६७४ बिन्दुमा, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घट्दै २७०० बिन्दुभन्दा तल झरेको छ। पाँच कारोबार दिनदेखि २७०० विन्दु आसपासमा उतारचढाव गरिरहेको नेप्से यस दिन २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको हो।

सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ३५३ कम्पनीका एक करोड ४० हजार १६४ कित्ता सेयर खरिदबिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये २२ वटाको सेयर मूल्य बढेको छ भने २३९ वटाको घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

मूल्य वृद्धि हुने कम्पनीमध्ये टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावर अग्रस्थानमा रहे। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९६ रुपैयाँ ७० पैसामा पुगेको छ।

सर्वाधिक मूल्य घट्ने कम्पनीमा बुंगल हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेर प्रतिकित्ता ६८८ रुपैयाँ ५० पैसामा झरेको छ। त्यस्तै, एपोलो हाइड्रोपावरको सेयर मूल्य ११.१२ प्रतिशतले घट्दै ८५७ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। प्रतिकित्ता ३६८ रुपैयाँ ५० पैसामा कारोबार भएको उक्त सेयरको मूल्य अघिल्लो दिनको तुलनामा ३.०८ प्रतिशतले घटेको हो।

सर्वाधिक कारोबार हुने दोस्रो कम्पनी सोपान फर्मास्युटिकल्स रह्यो। कम्पनीको प्रतिकित्ता १ हजार ४१ रुपैयाँमा १८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये केवल म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूह राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी १.९२ प्रतिशतले घटेको छ।

प्रकाशित: ९ असार २०८३ १६:३२ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast