मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म बन्ने, मुख्य कलाकार केकी र महेश

हिमाल प्रेस ९ असार २०८३ १०:५२ | Tuesday, June 23, 2026
4
SHARES
मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म बन्ने, मुख्य कलाकार केकी र महेश

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशंकर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ।  यम थापाको लेखनमा तयार हुने उक्त फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्।

चाम्सको यो चौथोँ निर्देशकीय बायोपिक हुनेछ। अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ।

उनले यसअघि दृष्टिविहिन सृष्टि केसीमाथि ‘ब्लाइन्ड रक्स’, नर्वेका प्रवासी नेपालीहरू उमेश थापा र कविता गुरुङको ‘बबी’ र फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अञ्जिला’ निर्देशन गरिसकेका छन्।

योसँगै चाम्सले सबैभन्दा बायोपिक फिल्म निर्देशनको रेकर्ड रचेका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘मदनकृष्ण’को औपचारिक घोषणा गरियो ।

प्रकाशित: ९ असार २०८३ १०:५२ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast