रास्वपाको बन्दसत्र स्थगित

हिमाल प्रेस ८ असार २०८३ १८:२७ | Monday, June 22, 2026
24
SHARES
रास्वपाको बन्दसत्र स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र स्थगित भएको छ।

प्रतिनिधि छनोटमा विवाद भएपछि सोमबारका लागि तोकिएको बन्दसत्र स्थगित भएको हो।

बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशन प्रतिनिधिको नामावाली सच्याउन समय लाग्ने भएकोले बन्दसत्र स्थगित गरिएको बताइएको छ।

बन्दसत्र रोकिँदा रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ। निर्वाचन आयोगले सोमबार बन्दसत्र र मंगलबार नयाँ नेतृत्व चयन गर्न मतदानको कार्यतालिका निर्धारण गरेको थियो।

प्रकाशित: ८ असार २०८३ १८:२७ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast