९ ड्रोन खसालिएपछि रुसका चार विमानस्थल बन्द

हिमाल प्रेस ८ असार २०८३ १४:२२ | Monday, June 22, 2026
40
SHARES
९ ड्रोन खसालिएपछि रुसका चार विमानस्थल बन्द

रुसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन्।

स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन्।

रुसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको छ। यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गरेका छैनन्।

रुसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए। स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन्।

कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।

कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो। उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा परिचित छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको र आपत्कालीन उद्धार टोली परिचालन गरिएको जनाएको छ।
यसअघि जारी अर्को विज्ञप्तिमा विस्फोटपछि सार्वजनिक सुरक्षामा असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य जोखिम नदेखिएको उल्लेख गरिएको थियो।

रास लाफान क्षेत्र हालैको युद्धका क्रममा इरानको निशानामा परेको थियो र त्यसपछि केही सातासम्म बन्द रहेको थियो। कतारी अधिकारीहरूका अनुसार बरजान ग्यास प्रशोधन केन्द्रमा पुनः सञ्चालनको प्रयास भइरहेका बेला उक्त विस्फोट भएको हो।

प्रकाशित: ८ असार २०८३ १४:२२ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast