रास्वपा महाधिवेशन : बन्दसत्रमा ४ प्रतिवेदन पेस हुँदै [यस्तो छ कार्यतालिका]

हिमाल प्रेस ८ असार २०८३ ७:११ | Monday, June 22, 2026
4
SHARES
रास्वपा महाधिवेशन : बन्दसत्रमा ४ प्रतिवेदन पेस हुँदै [यस्तो छ कार्यतालिका]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिनको कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा बिहान साढे ८ बजेदेखि सुरू हुनेछ।

बन्द सत्रका कार्यक्रम सभापति रवि लामिछानेले सञ्चालन गर्नेछन्। बन्द सत्रमा चारवटा प्रतिवेदन पेस हुने कार्यतालिका छ। सुरुमा केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालेले प्रतिवेदन प्रस्तुत गर्नेछन्।बिहान ९ देखि साढे ९ बजेभित्र आर्थिक प्रतिवेदन पेस हुनेछ। प्रतिवेदन पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले पेस गर्नेछिन्। साढे ९ बजेदेखि आधा घन्टा चिया ब्रेक राखिएको छ।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसमा बिहान १०:४५ बजेसम्म छलफल हुने भनिएको छ। त्यसपछि विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका छ। त्यसका लागि १०:४५ देखि ११:४५ सम्मको समय तोकिएको छ।

पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा छलफलका लागि ११:४५ देखि १२:४५ सम्मको समय तोकिएको छ। त्यसपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।

प्रकाशित: ८ असार २०८३ ७:११ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast