काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो ।
प्रकाशित: ७ असार २०८३ ११:१३ | Sunday, June 21, 2026
प्रतिक्रिया




