रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जनाको हस्ताक्षर चाहिने, ५१ हजार बुझाउनुपर्ने

हिमाल प्रेस ७ असार २०८३ ७:३९ | Sunday, June 21, 2026
14
SHARES
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जनाको हस्ताक्षर चाहिने, ५१ हजार बुझाउनुपर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदमा उम्मेदवारीका लागि शुल्क निर्धारण गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि अरू पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्म्दवारी दिन शुल्क निर्धारण गरेको हो।

आयोगले सभापतिका लागि ५१ हजार शुल्क तोकेको छ। साथै एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ। पार्टीका अन्य पदाधिकारीका लागि ४१ हजार रूपैयाँ शुल्क तोकिएको छ। १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ।

केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ भने १ जना प्रस्तावक र २१ जना समर्थकको पनि हस्ताक्षर बुझाउनुपर्नेछ।

आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ। महाधिवेशनबाट १९ जना पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन्।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ।

प्रकाशित: ७ असार २०८३ ७:३९ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast