फिफा विश्वकप २०२६

कोरियालाई हराउँदै मेक्सिको पनि नकआउट चरणमा

हिमाल प्रेस ६ असार २०८३ ६:३७ | Saturday, June 20, 2026
20
SHARES
कोरियालाई हराउँदै मेक्सिको पनि नकआउट चरणमा

काठमाडौँ- फिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ । शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ए को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको हो ।

मेक्सिकोका लुइस रोमोले गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोका लागि महत्वपूर्ण बनेको थियो । यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुगेको छ भने पराजित भएको दक्षिण कोरियाको ३ अंक छ ।

यसअघिको आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

 

प्रकाशित: ६ असार २०८३ ६:३७ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast