आजको राशिफल

हिमाल प्रेस ६ असार २०८३ ६:२२ | Saturday, June 20, 2026
32
SHARES
आजको राशिफल

 

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टसकाे  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खेलकुद, खानपान तथा मनोरञ्जनमा समय व्यातित  हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मायालुका साथ दिनभर समय व्यतीत गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सङ्गतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा रुचि बढ्नेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । खानपान, भेटघाट र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुने अवसर जुर्ने तथा सबैसँग भेट हुनाले मन प्रसन्न हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । खेल तथा मनोरञ्जनमा चासो बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित: ६ असार २०८३ ६:२२ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast