चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

हिमाल प्रेस ४ असार २०८३ १६:४० | Thursday, June 18, 2026
6
SHARES
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन- सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन्। नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन्। यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन्।

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन्।

प्रकाशित: ४ असार २०८३ १६:४० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast